नेपाल प्रहरीका पूर्व आईजीपी ध्रुवबहादुर प्रधान आगामी संसदबाट संसदीय यात्रा थालनी गर्दै छन्। उनी पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेललाई पराजित गर्दै संसदीय यात्रा थालनी गर्न लागेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्षसमेत रहेका पूर्व आईजीपी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्। उनले कूल खसेको मतमध्ये ९ हजार मत गणना गर्न बाँकी रहँदा १२ हजार ७३७ मतले अग्रता लिएका छन्।
क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रधानले ३० हजार २६८ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी पूर्व गृहराज्यमन्त्री नेपाली कांग्रेसका उम्मेदवार हुन्। उनले १७ हजार ७३७ मत पाएका छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार दिपेन्द्रकुमार अधिकारीले १३ हजार ८५३ मतका साथ तेस्रो स्थानमा छन्। निर्वाचन अधिकृतको कार्यालयले बाँकी रहेका ९ हजार मतको गणना जारी रहेको र शुक्रबार बिहान ९ बजेसम्म अन्तिम नतिजा सार्वजनिक हुनसक्ने जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ