शुक्रबार, चैत्र २७, २०८२

विश्वकप फुटबल : रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको विजयी सुरुआत  


कान्तिपथ


उपाधि दाबेदार पोर्चुगलले स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३-२ गोल अन्तरले हराउँदै पोर्चुगल कतार विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

पोर्चुगलि टिमका क्याप्टेन क्रिस्टियानो रोनाल्डोले ६५ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । घाना र पोर्चुगाल बिच भएको संघर्षपुर्ण खेलको सबै गोल दोस्रो हाफमा भएको थियो ।

घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी एरिया भित्र लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । रोनाल्डोले पेनाल्टी किक पाए पछि उनले सो अवसरलाई सहजै गोलमा परिणत गरेका थिए ।

यस गोलसँगै रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।

३७ वर्षीय रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए ।

खेलको ७३ औं मिनेटमा आन्द्रे एयुले घानाको लागी गोल गर्दै घानालाई १-१ गोलको बराबरीमा ल्याए ।

निकै रोमान्चक रहेको यस खेलमा ७८ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाउन सफल भय ।

पुनः दुई मिनेटको अन्तरालमा, खेलको ८० औं मिनेटमा राफायल लियोले गोल गरेपछि पोर्चुगल ३-१ ले अगाडी बढ्यो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा घानामा ओस्मान बुकारीले गोल गरेपनि पोर्चुगल ३-२ ले विजयी भयो ।

Image

यस जितसँगै समूह ‘एच’ को पोर्चुगलले पहिलो खेलमा ३ अंक जोडेको छ ।

पोर्चुगल समूहको शीर्ष स्थानमा रहेको छ ।

पुछारमा रहेको घानाले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत