शुक्रबार, चैत्र २७, २०८२

काठमाडौंमा जग्गाको कित्ताकाट खुल्यो


कान्तिपथ


काठमाडौं महानगरमा कित्ताकाट खुलेको छ। महानगरले आफ्नो क्षेत्रमा रहेको सबै जमिनलाई गैरकृषि भूमिमा वर्गिकरण गरेसँगै कित्ताकाट खुलेको हो।

२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ। सरकारले स्थानीय भू–उपयोग परिषदबाट जग्गा वर्गीकरण गर्नाका लागि कित्ताकाट रोकेको छ।

अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन्।

सरकारले मंसिर भित्रमा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत