कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज आईतबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा आईतबार समूह चरण अन्तर्गत समूह ‘ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टारिकाबिच प्रतिस्पर्धा हुनेछ । जापान र कोस्टारिका बिचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा समूह ‘एफ’ का बेल्जियम र मोरक्को बिच प्रतिस्पर्धा हुनेछ । बेल्जियम र मोरक्को बीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
समूह ‘एफ’ का क्रोएसिया र क्यानडा बीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् ।
त्यस्तै चौंथो खेलमा समूह ‘ई’का जर्मनीले स्पेनको सामना गर्नेछ । जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा जित हात पारेको स्पेन सोही लयलाई निरन्तरता दिन चाहान्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ