स्पेन र जर्मनीले फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको खेलमा बराबरी खेल्दै अंक् बाँडेका छन् ।
कतारको अल बायत स्टेडियममा सोमबार बिहान भएको समूह ‘ई’ को खेलमा स्पेनले आफूले बनाएको अग्रता जोगाउन नसक्दा जर्मनीसँग १–१ गोलको बराबरीमा चित्त बुझाएको हो ।
स्पेनका लागि अल्भारो मोराटा र जर्मनीका लागि निक्लस् फुलक्रुगले एक एक गोल गरे ।
खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक बनेको थियो भने जर्मनीका लागि एन्टोनियो रुडीगरले खेलको ४०औं मिनटमा गरेको गोल भिएआरले अफसाइड करार दिदाँ जर्मनी अग्रता बनाउनबाट बञ्चित भएको थियो ।
दोश्रो हाफमा भने स्पेनले जर्मनीमाथि प्रेस गरेर खेल्दै अधिकांश समय बल आफ्नो पकडमा राख्दै गोलको मौकाहरु सिर्जना गरेका थियो ।

खेलको ६४औं मिनटमा जोर्डी अल्बाको असिस्टमा मोराटाले गोल गर्दै स्पेनलाई १–० ले अघि राखेका थिए ।
खेलको ७४औं मिनटमा जर्मनीका लागि जमाल मुसिआलाको प्रयास स्पेनका गोलकिपर सिमोनले बचाउँ गर्दै जर्मनीको बराबरी गर्ने मौका खोसेका थिए ।
तर खेलको ८३औं मिनटमा मुसिआलाको असिस्टमा फुलक्रुगले गोल गर्दै जर्मनीको हार टारेका थिए ।

बराबरीसँगै स्पेन दुई खेलमा चार अंकका साथ समूहको शिर्ष स्थानमा उथावत छ भने पुछारमा रहेको जर्मनीको एक अंक भएको छ ।
अब स्पेनले समूहको अन्तिम खेलमा बराबरी नतिजा ल्याएपनि नकआउट चरणमा पुग्ने सम्भावना बढी छ भने जर्मनीले समूहको अन्तिम खेलमा जितसँगै अन्य टोलिको नतिजामा निर्भर रहनुपर्नेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ