शुक्रबार, चैत्र २७, २०८२

फिफा विश्वकपमा आज ४ खेल


कान्तिपथ


कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरू हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरू हुनेछन् । पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछन् । यो खेलहरूबाट समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ । 

दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा क्रोस्टारिका र जर्मनीबीच खेल हुँदैछ । दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ । यस खेलहरूबाट समूह ‘ई’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत