अष्ट्रेलीयामाथि सहज जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
कतारको एहमद बिन अलि स्टेडियममा आईतबार बिहान भएको प्रि–क्वार्टरफाईनल खेलमा अष्ट्रेलीयालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले क्वार्टरफाईनलमा स्थान सुरक्षित गरेको हो ।
अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सी र जुलियान आल्भारेजले एक एक गोल गरे ।
खेलको ३५औं मिनटमा लियोनल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए । मेस्सीको यो जारी विश्वकपमा तेश्रो गोल हो ।
खेलको ५७औं मिनटमा जुलियान आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोल अन्तरको अग्रता दिलाएका थिए ।
यसपछि खेलको ७७औं मिनटमा अर्जेन्टिनाका इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाको जितको अन्तर २–१ मा घटेको थियो ।
अर्जेन्टिनाले क्वार्टरफाईनलमा नेदरल्याण्ड्ससँग खेल्नेछ । शुक्रबार राति भएको पहिलो प्रि–क्वार्टरफाईनलमा नेदरल्याण्ड्सले अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै क्वार्टरफाईनलमा स्थान बनाएको थियो ।
यी दुईबिचको खेल डिसेम्बर १० (शनिबार) बिहान ००ः४५ बजेबाट शुरु हुनेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ