बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • यातायात
  • १७ करोड ६ लाख लागतमा ग्वार्काेको ‘फ्लाइओभर’ काे काम आउँदाे शुक्रवारदेखि

१७ करोड ६ लाख लागतमा ग्वार्काेको ‘फ्लाइओभर’ काे काम आउँदाे शुक्रवारदेखि


कान्तिपथ


 ललितपुरको ग्वार्काे चोकमा फ्लाइओभर निर्माणको कामलाई तत्काल अघि बढाउने तयारी गरिएको छ । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले डिजाइनको काम सम्पन्न गरेको छ भने आगामी शुक्रबार निमार्ण सुरू गर्ने जानकारी गराएको छ ।

यसप्रकारकाे फ्लाइओभर नेपालमा निर्माण गर्न लागिएको पहिलो हो । ईपीसी मोडेलमा निर्माण गर्न लागिएको फ्लाइओभरको निर्माण आरसी, समानान्तर र रेलिग्रे जेभीले गर्दैछन् ।

१७ करोड ६ लाख लागत, महिनामा सम्‍पन्‍न गरिने
फ्लाइओभरको काम आगामी २० महिना सकिने जनाइएको छ । २०७८ फागुन १९ मा फ्लाइओभरको डिजाइन सुरु गरिएकोमा निर्माणको काम सुरू भएको २० महिनामा सकिने उल्लेख छ ।

स्वदेशी लागतमा निर्माण गर्न लागिएको फ्लाइओभर १७ करोड ६ लाख रुपैयाँ निर्माण सम्पन्न हुने सम्झौता गरिएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाइओभर’को उचाइ ६ मिटर हुने केन्द्रले जनाएको छ। फ्लाइओभरको लम्बाइ ४९० मिटर हुनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत