शुक्रबार, चैत्र २७, २०८२

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु


कान्तिपथ


प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । चुनावपछि गठबन्धनको बैठक पहिलोपटक भएको हो । बैठकमा पाँचदलीय गठबन्धनका सबै शीर्ष नेताहरू सहभागी छन् । यो बैठकमा चुनावको समीक्षा र नयाँ सरकारबारे छलफल हुनेछ ।

४ मंसिरमा भएको चुनावको प्रत्यक्षतर्फको अन्तिम परिणाम आइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा छ । सत्ता गठबन्धनले स्पष्ट बहुमत नल्याउने तर बहुमत नजिक हुने देखिएको छ ।

सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मत ट्रान्सफर नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । कांग्रेस भने कमब्याक गर्दै संसदमा सबैभन्दा ठूलो दल बन्ने निश्चित भइसकेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत