शुक्रबार, चैत्र २७, २०८२

कतार विश्वकप : प्रि-क्वाटरफाइनलको अन्तिम दुई खेल हुँदै


कान्तिपथ


कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेलहरु हुँदैछन् ।

मंगलबार हुने पहिलो खेल एजुकेसन सिटी  स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल राति ८:४५ बजे मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ ।

मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

अर्को खेल राति १२:४५ बजे पोर्चुगल र स्विट्जरल्यान्डबीच हुनेछ ।

लुसिल स्टेडियममा आज दुबै टोली पोर्चुगल र स्विट्जरल्यान्ड  जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा रहेको छ ।

पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।     



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत