सन् २०२७ को एएफसी एसियन कपको आयोजनाको दाबी भारतले फिर्ता लिएको छ ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार भारतको अल इन्डिया फुटबल फेडेरसन द्वारा एसियन कप २०२७ आयोजनाको दाबी फिर्ता लिएको पत्र प्राप्त भएको फिर्ता लिएको जनाएको छ ।
यस अघि एसियन कप २०२७ आयोजनाका लागि भारतले दाबी पेश गरेको थियो ।
भारतसँगै साउदी अरेबियाले एसियन कप आयोजनाका लागि दाबी पेश गरेको र भारतले साउदी अरेबियासंगको सम्बन्धको कारण आयोजकको दाबी बाट पछि हटेको हुन सक्ने अनुमान गरिएको छ ।
एएफसीले अब बहराइनमा हुने एएफसीको कंग्रेसबाट आयोजक राष्ट्र छनोट गरिने जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ