ब्राजिल र दक्षिण कोरियाबीचको खेलपछि कतार विश्वकपका लागि बनाइएका सात रंगशालाहरुमध्ये एउटा रंगशाला ‘स्टेडियम ९७४’ खेल पछि भत्काउन शुरू गरिएको छ । रंगशाला ‘स्टेडियम ९७४’ ब्राजिल र दक्षिण कोरियाबीच भएको अन्तिम १६ को खेलपछि भत्काइने भएको हो । यस स्टेडियममा कुल ७ खेल खेलाईएका थिए । कतारको दोहामा बनाइएको यस रंगशालाको कुल क्षमता ४० हजार रहेको थियो ।
यो स्टेडियम निर्माणमा ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरिएको सो स्टेडियम विश्वकपकै इतिहासमा निर्माण भएको पहिलो अस्थायी रंगशाला हो । यो स्टेडियममा ९७४ वटा सिपिङ कन्टेनर प्रयोग र कतारको अन्तर्राष्ट्रिय डाइलिङ कोड पनि ९७४ रहेको कारण यस रंगशालाको नाम ‘स्टेडियम ९७४’ राखिएको बताइएको छ ।
यस स्टेडियमा डिजाईनको कारणले गर्दा एयर कन्डिसनिङ नभएका कारण सबै ७ खेलहरू साँझ मात्र खेलाइएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ