शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह

परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह


कान्तिपथ


काठमाडौँ। विवाह गर्ने सहमति (इन्गेजमेन्ट) रद्द भएपछि एक युवतीले केटाको घरमा पुगेर आत्मदह गरेकी छन्। काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएर आत्मदह गरेकी हुन्।

प्रहरीले उनलाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो। त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो। सोमबार बिहान पुष्पाको मृत्यु भएको हो।

प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौलाबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो। यही बीचमा उनीहरुको सम्बन्धमा दरार आएपछि गत शनिबार गरिएकाे इन्गेजमेन्ट परिवारकै सहमतिमा रद्द गरिएपनि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आत्मदह गरेकी हुन्।

पुष्पाका परिवारले सुदनसहित उनको परिवारका ४ जनाविरुद्ध किटानी जाहेर दिएका थिए। आइतबार राति नै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। तर अदालतले सुदनविरुद्ध मात्रै सोमबार म्याद दिएको छ। सुदनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न महाराजगन्ज वृत्त प्रहरीले अनुमति पाएको छ। वृत्तबाट थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रभागले जनाएकाे छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत