नेपाल चलचित्र निर्माता संघले कार्यसमिति सदस्यमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँलाई मनोनयन गरेको छ। मंगलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई संघको कार्यसमिति सदस्यमा मनोनीत गर्ने निर्णय गरेको अध्यक्ष नवल खड्काले बताए।
बैठकले संघ उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय गरेको छ। संघले भर्खरै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित फिल्म निर्माता रोज राणा र धादिङबाट प्रदेशसभामा निर्वाचित निर्माता मधुकुमार श्रेष्ठलाई बधाइ दिएको छ।
बैठकले आगामी पुस दोस्रो साता ‘चलचित्र विकास र विस्तार’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने अध्यक्ष खड्काले जानकारी दिए। चलचित्र निर्माता संघ नेपाली फिल्म निर्माताको छाता संस्था हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ