बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • दर्शककाे चर्काे दबावपछि अक्षय कुमारलाई ‘हेराफेरी ३’मा भित्र्याइँदै, उनलाई लिन स्क्रिप्ट नै फेर्नु पर्ने अवस्था

दर्शककाे चर्काे दबावपछि अक्षय कुमारलाई ‘हेराफेरी ३’मा भित्र्याइँदै, उनलाई लिन स्क्रिप्ट नै फेर्नु पर्ने अवस्था


कान्तिपथ


फिल्म ‘हेराफेरी’ बलिउडको चर्चित फिल्म फ्रेन्चाइज मध्येको एक हो। पछिल्लो समय फिल्म फ्रेन्चाइजी ‘हेराफेरी ३’को चर्चा लगातार भइरहेको छ।

यस फिल्ममा अक्षय कुमारको स्थानमा कार्तिक आर्यनले अभिनय गर्ने खबर बाहिर आएपछि निकै चर्चामा छ। वास्तवमा परेश रावलले कार्तिक आर्यन फिल्म ‘हेराफेरी ३’ को हिस्सा हुने बताएका थिए।

यसै क्रममा अक्षय कुमारले पनि फिल्मको स्क्रिप्टका कारण आफू यसबाट टाढा रहेको बताएका थिए। निर्माताको यो निर्णयबाट अक्षय कुमारका फ्यानहरू निकै रिसाएका थिए। फ्यानले ‘नो अक्षय नो हेराफेरी’ ट्रेन्ड चलाएका थिए।

तर, पछिल्लो रिपोर्टअनुसार फिल्मका निर्माताहरू फेरि एकपटक अक्षय कुमारलाई ‘हेराफेरी ३’ मा लिन खोजिरहेका छन्।

‘पिंकभिल्ला’को रिपोर्टमा अक्षय कुमार फिल्ममा फर्किने बताइएको छ। निर्माता फिरोज नाडियाडवालाले अक्षय कुमारलाई फिल्ममा फर्काउने कुरा गरिरहेका छन्।

फिरोज नाडियाडवालाले पछिल्लो १० दिनमा अक्षय कुमारलाई धेरै पटक भेटेका छन्। फिल्मको स्क्रिप्ट परिवर्तन गरेर अक्षय कुमारलाई फिर्ता ल्याउने सोचमा निर्माण पक्ष पुगेकाे छ।

अक्षय कुमारका २०२२ मा ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’, ‘रक्षा बन्धन’, ‘कठपुतली’ र ‘राम सेतु’ गरी पाँचवटा फिल्म रिलिज भएका छन्। तर, उनको कुनै पनि फिल्मले बक्स अफिसमा काम गर्न सकेको छैन।

अब अक्षय कुमार ‘सेल्फी’, ‘गोरखा’, ‘ओएमजी २’, ‘क्याप्सुल गिल’, ‘सोराराई पोत्रु’को रिमेकमा काम गर्दैछन्। अब उनको पाइपलाइनमा अर्को फिल्म थपिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत