शुक्रबार, चैत्र २७, २०८२

नेपाल टी-ट्वान्टी पुस ८ बाट, काठमाडौं नाइट नयाँ टोली


कान्तिपथ


पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगिता सरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता पुस ८ गतेबाट सुरु हुने जनाएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ । यस अघि पहिलो संस्करणको प्रतियोगिता मंसिर २६ देखि पुस १६ सम्म आयोजना हुने तालिका थियो ।

यस्तै क्यानले प्रतियोगिता खेल्ने नयाँ टोली घोषणा गरेको छ । क्यानले काठमाडौं नाइट नयाँ टोली रहेको जनाएको छ ।

काठमाडौं गोर्खाज बाहिरिएपछि क्यानले नयाँ टोली सार्वजनिक गरेको हो । संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत