शुक्रबार, चैत्र २७, २०८२

आजदेखि मेलम्चीको पानी घरघरमा


कान्तिपथ


काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आजदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ। बाढीका कारण बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो।

केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने बताए। आज बिहान साढे ८ बजेदेखि नै पानी धारामा पठाइने उनले जानकारी दिए।

ट्यांकीमा पानी आइरहेकोमा आज बिहानदेखि वितरण गरिने र अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुने उनले बताए। केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ। मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत