बुधबार, माघ ३०, २०८१

भुवन केसीले रोके फिल्म हलमा विश्वकपको प्रदर्शन


कान्तिपथ


चलचित्र विकास बोर्डले फिल्म हलमा विश्वकपका खेल प्रदर्शन गर्न रोक लगाएको छ । बोर्डले चलचित्र सबै हलहरुलाई पत्राचार गर्दै नियमानुसार चलचित्रमात्र प्रदर्शन गर्न निर्देशन दिएको हो । सञ्चारमाध्यमहरूमा कतिपय फिल्म हलमा विश्वकप प्रदर्शन गर्न लागिएको सार्वजनिक भएपछि बोर्डले एक्सन लिएको हो ।

बोर्डका अध्यक्ष भुवन केसीले गरेको पत्राचारमा विभिन्न चलचित्रघरले नियमित चलचित्र प्रदर्शनको शो समयमा विश्वकप फुटबल प्रतियोगिताको प्रसारण गर्न लागेको बुझिएको तथा कतिपय चलचित्र घरहरूले आफ्नो वेबसाइट मार्फत शो समय समेत खुलाएको देखिएको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

बोर्डले पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र संघलाई पनि राखेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत