शुक्रबार, चैत्र २७, २०८२

अर्जेन्टिना विश्वकपको सेमिफाईनलमा : मेसीको नाममा किर्तिमान


कान्तिपथ


अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पेनाल्टीमा अर्जेन्टिनाले बाजी मार्यो ।

अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे । अर्जेन्टिनाका एन्जो फर्नान्डेज पेनाल्टीमा चुके । पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे ।

भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुके । त्यसअघि लुसाइल स्टेडियममा भएको रोमान्चक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । खेलको ३५ औं मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

मोलिनाले मेस्सीको पासमा गोल गरेका हुन् । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो । खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए ।

मेस्सीको यो दशौँ विश्वकप गोल हो । यस गोलसँगै मेस्सीले विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी गाब्रिएल बाटिस्टुटाको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेका छन् ।

खेलको ८३ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका वोउट वेघोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २-१ को स्थितिमा ल्याए । उनी ७८ औं मिनेटमा मेम्फिस डिपेको स्थानमा मैदान छिरेका थिए।

लिओनल मेसी विश्वकपमा सर्वाधिक गाेल गर्ने आफ्ना अग्रज गाब्रियल बाटिस्टुटाकाे कीर्तिमानकाे बराबरी गर्न सफल भएका छन्। उनले नेदरल्याण्ड्सविरुद्ध ७३ मिनेटमा पेनाल्टीमार्फत गाेल गर्दै विश्वकपमा गाेलकाे संख्या १० पुर्‍याए। बाटिस्टुटाले यसअघि अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक १० गाेल गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत