हालै मात्र वैज्ञानिकहरूले गर्भमा रहेको भ्रूण आमाले गाजर खाँदा प्रसन्न हुने र केलको साग खाँदा ठुस्स पर्ने कुरा पत्ता लगाएका छन्।
यूकेको डरम यूनिभर्सिटीस्थित द नियोनेटल रिसर्च ल्याबले भ्रूणले विभिन्न स्वादमा प्रतिक्रिया व्यक्त गरेको प्रत्यक्ष प्रमाण पहिलो पटक अभिलेखीकरण गरिएको जनाएको छ।
अनुसन्धानकर्ताहरूले इङ्ग्ल्यान्डमा १०० जना गर्भवती महिला र तिनको गर्भमा रहेका बच्चामा अध्ययन गरेका थिए।
उनीहरूले ३५ जना गर्भवतीलाई गाजरको धुलोको चक्की र अरू ३४ जनालाई केलको धुलोको चक्की दिएका थिए।
बेलायतको डरम युनिभर्सिटीको द नियोनेटल रिसर्च ल्याबले भ्रूणले विभिन्न स्वादमा प्रतिक्रिया व्यक्त गरेको प्रत्यक्ष प्रमाण पहिलो पटक अभिलेखीकरण गरेको बीबीसीले जनाएको छ ।
साइकोलजिकल साइन्स जर्नलमा प्रकाशित विवरणमा आमाले गाँजर खाँदा गर्भमा रहेको भ्रूण प्रशन्न भएको र आमाले केलको साग खाँदा ठुस्स परेको उल्लेख छ ।
एक सय जना गर्भवतीमा गरिएको परीक्षणमा आमाले खानेकुरा खाएको २० मिनेटपछि भ्रूणको प्रतिक्रिया देखिएको छ । केही नखाएका आमाको गर्भमा रहेका भ्रूणले भने प्रतिक्रिया नजनाएका रिपोर्टमा उल्लेख छ । आमाले खाएका खानाका कारण गर्भमा भ्रूणहरु वरिपरि हुने तरल पदार्थमा विभिन्न स्वाद हुने भएकाले त्यसो हुनसक्ने विज्ञहरुले बताएका छन् ।
आमाले खाने खानाबाट भ्रूणले कस्तो पोषण पाउँछ र बच्चाको स्वास्थ्य विकासका लागि यो निकै आवश्यक छ भन्ने कुरा यसअघिका अनुसन्धानहरूबाट थाहा पाएको भए पनि स्वाद लिने कुरा पहिलोपटक थाहा भएको अनुसन्धान टोलीकी प्रमुख नादिया राइस्लान्डलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
शिशुहरुले सामान्यतया १४ हप्तापछि स्वाद थाहा पाउने उहाँले बताउनुभयो । यो अध्ययन जन्मने बच्चामा खानेकुराको बानी पार्नको लागि महत्त्वपूर्ण हुने वैज्ञानिकहरुको भनाइ छ ।
श्रोत: बीबीसी
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ