बुधबार, बैशाख २३, २०८३

ट्विटरले आजबाट ब्लु टिक मार्कको शुल्क लिने,ब्लु टिक मार्क वालाहरुलाई यस्ता छन् सुविधा


कान्तिपथ


एलन मस्कको कम्पनी ट्विटरले आइतबार नै जानकारी गराएर आज सोमवारबाट आफ्नो ब्लु टिक सब्सक्रिप्सन सर्भिस फेरी सुरु गर्ने भएको छ । 

आइतबार दिएको जानकारी अनुसार ट्विटरले १२ डिसेम्बर (आज बाट) आफ्नो ब्लु सब्सक्रिप्सन सेवा पुन: सुरु गर्ने भएको हो । यसको मूल्य एन्ड्रोइड यूजरका लागि ८ अमेरिकी डलर र आईफोन यूजरका लागि ११ डलर प्रति महिना तोकिएको छ। मस्कले आईफोन युजरका लागि ट्विटर ब्लू सब्सक्रिप्सन सेवाको मूल्य बढाएका हुन् । एप्पलले ३० प्रतिशत आईओएस एपबाट पैसा असुल्ने गरेको कारण देखाउँदै मूल्य बढाएको ट्विटरको तर्क छ।

ट्विटरले बिजनेस एकाउन्ट र सरकारी एकाउन्टका लागि अलग अलग टिक मार्क ल्याउने तयारीमा छ । 

यस्ता छन ब्लु टिक मार्कवालाहरुलाई सुविधा

कम्पनीका अनुसार, ‘हामी सोमवार ट्विटर ब्लुलाई फेरि सार्वजनिक गर्दैछौं । वेबमा ८ डलर प्रति महिना र  आईओएसमा ११ डलर प्रति महिनाको दरले सब्सक्राइभ गर्नुहोला । यसमामात्र सब्सक्राइबरका लागि उपलब्ध सुविधाको फाइदा उठाउन सकिन्छ, जसमा ब्लू चेकमार्क पनि समेटिएको छ ।’ 

सब्सक्राइब गर्ने प्रयोगकर्ताले आफ्नो ट्विट एडिट पनि गर्न पाउँछन् । साथै १०८० पी को भिडियो अपलोड, रिडर मोड  र एउटा नीलो चेकमार्क पनि पाउँछन्। यसबाहेक बिजनेस एकाउन्टका लागि गोल्डेन अफिसियल लेबल र सरकारी अकाउन्टका लागि एउटा ग्रे चेकमार्क पनि आउने ट्विटरले जानकारी दिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत