शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • विश्वकपको बल परिवर्तन हुने, यस्ता हुने छन् नया बल ‘अल हिल्म’ को बिशेषता

विश्वकपको बल परिवर्तन हुने, यस्ता हुने छन् नया बल ‘अल हिल्म’ को बिशेषता


कान्तिपथ


फिफा विश्वकप २०२२ मा सेमिफाइनल र फाइनलमा खेलाउने नयाँ बल सार्वजनिक गरिएको छ ।‘अल हिल्म’ नामक बल यसपालिको सेमिफाइनल र फाइनलमा खेलाउने बल हो । अल हिल्म एक अरेबिक शब्द हो । जसको अर्थ ‘द ड्रिम’ अर्थात सपना हो ।

यो बल समुह चरणमा खेलाइएको बल भन्दा फरक छ । समूह चरणमा ‘अल रिहला’ अर्थात ‘द जर्नी’ नामक बल खेलाइएको थियो ।

अल हिल्म अरबी शब्द हो र यसको अर्थ ‘सपना’ हुन्छ । यसअघि प्रयोग भएको बल ‘अल रिहला’ को अर्थ भने ‘यात्रा’ रहेको थियो । यसअघि अल रिहला बलमा जस्तै यस बलमा पनि कनेक्टेड बल टेक्नोलोजीको प्रयोग गरिएको छ । यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मदत पुगेको एडिडासले जनाएको छ ।

यस बलको डिजाइनमा सुनौलो रंग प्रयोग गरिनेछ । यसमा प्रयोग गरिएको त्रिकोणात्मक आकारले दोहा र वरपरको मरभुमीको प्रारूप दिन्छ । यस्तै फिफा विश्वकपको रंग र कतारको झण्डाको स्वरूप पनि प्रयोग गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत