शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • पहिलो सेमिफाईनल : फिफा वरियताको तेश्रो अर्जेन्टिना र बाह्रौँ नम्बरको क्रोएसिया भिड्दै

पहिलो सेमिफाईनल : फिफा वरियताको तेश्रो अर्जेन्टिना र बाह्रौँ नम्बरको क्रोएसिया भिड्दै


कान्तिपथ


कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ । अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् ।

अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ ।

साविक उपविजेता क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ । अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । अर्जेन्टिना फिफा वरियताको तेश्रो नम्बरमा छ भने क्रोएसिया बाह्रौँ नम्बरमा छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत