नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले स्वीकृति दिएको छ। गृह मन्त्रालयले अर्थसँग सहमति माग्दै फाइल पठाएको थियो। अर्थ मन्त्रालयले आगामी वर्षबाट लागू गर्ने गरी स्वीकृति दिएको गृह श्रोतले जानकारी दिएको छ। सरकारले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नै निरन्तरता दिने गरी ३० वर्षे सेवा अवधिका कारण अवकास हुने व्यवस्था हटाउन लागेको हो।
यसबाहेक पदावधी र ५८ वर्षे उमेर हदका कारण अवकास हुने व्यवस्था भने कायम रहनेछ। अर्थले स्वीकृति दिएसँगै कार्यन्वयन हुने करिव निश्चित भएको छ। अब गृहले कानुन मन्त्रालय र लोकसेवा आयोगमा पठाउने छ। त्यहाँबाट राय आइसकेपछि मन्त्रिपरिषद्बाट पारित गरेर प्रहरी नियमावली संसोधनका लागि अध्यादेश ल्याउने तयारीमा सरकार छ।
अर्थ मन्त्रालयले अर्को वर्षबाट मात्रै लागू गर्न भनेपनि प्रधानमन्त्री अहिले नै लागू गर्ने योजनामा छन्। वर्तमान सरकारले धिरजप्रताप सिंहलाई नै निरन्तरता दिन चाहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ