उपत्यका ट्राफिक प्रहरी कार्यालय ले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभर ३ हजार ५०१ सवारी चालकलाई कारबाही गरेको जनाएको छ।
प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदी का अनुसार मादक पदार्थ सेवन (मापसे) मा ७७, सवारी चलाउन अयोग्य अवस्थामा रहेका ६९, रातो बत्ती उल्लङ्घन गर्ने १५८, तीव्र गतिमा सवारी चलाउने ८९, लेन उल्लङ्घन गर्ने १७२ जनामाथि कारबाही गरिएको छ। साथै ढोका खुल्ला राख्ने ५७, नो हर्न उल्लङ्घन गर्ने ७७, जथाभावी ओराल्ने–चढाउने ५५ र अन्य विभिन्न कसुरमा २,७४७ चालक कारबाहीमा परेका छन्।
प्रहरीका अनुसार यस अवधिमा गरिएको कारबाहीबाट करिब २५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
कान्तिपथसग कुरा गर्दै उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले ट्राफिक नियमलाई कडाइका साथ पालना गर्न गराउन तथा उपत्यकामा हुने ट्राफिक जाम व्यवस्थापन गर्न पुरै युनिटले थप मेहनत गरिरहेको बताए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ