शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • अधिकांश ब्राजिलियन अर्जेन्टिनाले विश्वकप जितेको हेर्न चाहँदैनन् : रोनाल्डो

अधिकांश ब्राजिलियन अर्जेन्टिनाले विश्वकप जितेको हेर्न चाहँदैनन् : रोनाल्डो


कान्तिपथ


ब्राजिलका विश्वकप विजेता फुटबलर रोनाल्डो नाजारियोले जारी विश्वकपका बारेमा आफ्नो विचार प्रस्तुत गरेका छन्। सो क्रममा उनले अर्जेन्टिनालाई छान्न अस्वीकार गरेका छन्। अर्जेन्टिना र लियोनल मेसीले प्रतियोगिता जित्ने सम्भावनाको बारेमा स्पेनिस पत्रिका मार्काले सोध्दा रोनाल्डोले एउटा ब्राजिलियनले अर्जेन्टिनाले विश्वकप जित्दा खुसी हुन्छु भन्नु ढोंगी कुरा हुने बताएका छन्।

‘म पक्कै पनि मेसीको लागि खुसी हुनेछु। तर तपाईँलाई थाहा हुनुपर्छ, फुटबलमा ब्राजिल र अर्जेन्टिना बीचमा ठूलो प्रतिद्वन्द्वीता छ। त्यसैले म अर्जेन्टिनाको लागि खुसी हुनेछु भन्नु ढोंगी कुरा हुनेछ, हो यो सत्य हुँदैन,’ उनले भने, ‘तर पक्कै पनि, म फुटबललाई रोमान्टिक रूपमा हेर्ने गर्छु। यसर्थ, कुनै पनि टोली विजेता भएमा त्यसको आनन्द लिनेछु।’

ब्राजिल र अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलका सबैभन्दा ठूला प्रतिद्वन्द्वी हुन्। प्रायः यी दुई टोलीबीच फुटबल मैदानमा भेट हुँदा तनावपूर्ण स्थिति सिर्जना हुने गर्छ। अधिकांश ब्राजिलियन अर्जेन्टिनाले विश्वकप जितेको हेर्न पनि चाहँदैनन्। तीमध्ये एक रोनाल्डो पनि देखिए।

सोमबारमात्र ब्राजिली फुटबल संघ (बिसिएफ)का उपाध्यक्ष फर्नान्डो सर्नेले भने आफूले अर्जेन्टिनाले विश्वकप जितेको हेर्न चाहेको बताएका थिए। सन् २००२ पछि कुनै पनि दक्षिण अमेरिकी देशले विश्वकप जित्न नसकेकाले ब्राजिल बाहिरिइसकेको अवस्थामा आफू अर्जेन्टिनाको पक्षमा लागेको उनले स्पष्ट पारेका थिए।

क्रोएसियाले रोनाल्डोकै देश ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। यस्तै अर्जेन्टिनाले पनि पेनाल्टीमा नै नेदरल्याण्ड्सलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत