शुक्रबार, चैत्र २७, २०८२

क्लबविहिन रोनाल्डो रियल मड्रिडको प्रशिक्षणमा सामेल


कान्तिपथ


पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो पूर्व क्लब रियल मड्रिडमा पुगेर प्रशिक्षण गर्न थालेका छन्। कतार विश्वकपको क्वार्टरफाइनलबाट पोर्चुगलपछि फर्किएका रोनाल्डो रियल मड्रिड स्पोर्टिङ सेन्टर भाल्डेविवस पुगेर पशिक्षण गर्न सुरु गरेका हुन्।

रियल पुगेर प्रशिक्षण गर्न थालेसँगै रोनाल्डो पूर्व क्लबमा फर्किने चर्चा पनि सुरु भएको छ। विश्वकप अघि म्यानचेष्टर युनाइटेडमा रहेका रोनाल्डोले एक टेलिभिजनमा अन्तवार्ता दिएपछि विवादमा तानिएका थिए। युनाइटेडसँगको सम्बन्धमा फाटो आएपछि आपसी समझदारीमा दुवैले सम्झौता तोडेका थिए।

खेल जीवनको उत्तरार्धमा रहेका रोनाल्डो विश्वकपका दुई खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। क्लबमा पनि उनले पहिलो रोजाइमा मैदान उत्रिन संघर्ष गर्नुपरेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत