निर्माण हुने आगामी फिल्म “जेरी २” को फन्ट डिजाइन प्रतियोगिताको घोषणा गरिएको छ । फिल्म टिमले रु ५०,००० को पुरष्कार राशीको घोषणा गर्दै फन्ट डिजाइन प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ । फन्ट डिजाईन डिसेम्बर २५ भित्र nepmoviesentertaiment@gmail.com आईडीमा पठाईसक्नु पर्ने छ ।
डिजाइनको अंतिम छनोट तथा निर्णय जुरी समुहले गर्ने पोस्टरमा उल्लेख छ। जेरी २ सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको संयुक्त लगानीमा निर्माण हुने फिल्मलाई हेमराज विसीले निर्देशन गर्ने छन् । फिल्ममा अभिनेता अनमोल केसी अनुबन्ध भइसकेका छन् भने पूर्णिका सिजापति पनि फाइनल भइसकेकी छन् भने अनमोलको अपोजिटमा अभिनेत्री आना शर्माको नाम चर्चामा छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ