शुक्रबार, चैत्र २७, २०८२

लियोनल मेस्सी विश्वकप २०२२ को सर्वाेत्कृष्ट खेलाडी घोषित


कान्तिपथ


लियोनल मेस्सी फिफा विश्वकप २०२२ को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

कतारको दोहास्थितm लुसेल स्टेडियममा फ्रान्सलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले तेश्रोपटक फिफा विश्वकपको उपाधि जित्न सफल बन्यो ।

फिफाले मेस्सीलाई गोल्डेन बल अवार्ड अर्थात प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीको पुरस्कार दिएको हो ।

मेस्सीले कतारमा सम्पन्न विश्वकपमा ४ असिस्टसहित ७ गोल गरे ।

यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता अर्थात गोल्डेन बुटको अवार्ड फ्रान्सका किलियन एम्बाप्पेले जिते । उनले प्रतियोगितामा कुल ८ गोल गर्न सफल भए ।

यस्तै अर्जेन्टिनाका गोलकिपर इमिलिआनो मार्टिनेजले गोल्डेन ग्लोब्स् अर्थात सर्वाेत्कृष्ट गोलकिपरको अवार्ड हात पारे । उनले फ्रान्सविरुद्धको फाईनल खेलको पेनल्टी शुटआउटमा किङ्गस्ले कोमानको प्रहार बचाएका थिए ।

अर्जेन्टिनाका २१ वर्षिय मिडफिल्डर इन्जो फर्नान्डेजले कतार विश्वकप २०२२ को योङ्गेस्टर प्लेयरको अवार्ड जिते ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत