शुक्रबार, चैत्र २७, २०८२

मार्टिनेजलाई गोल्डेन ग्लोभ्स


कान्तिपथ


काठमाडौं । अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कतार विश्वकपमा गोल्डेन ग्लोभ्स अवार्ड जितेका छन् ।

कतार विश्वकपमा उत्कृष्ट गोलकिपर बन्दै मार्टिनेजले गोल्डेन ग्लोभ्स अवार्ड जितेका हुन् ।

अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

मार्टिनेजले फाइनलमा फ्रान्सको पेनाल्टी रोकेका थिए ।

अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४-२ ले हराएर तेस्रो पटक उपाधि जितेको हो ।

यस्तै लियोनल मेस्सीले गोल्डेन बल प्राप्त गरे ।

अर्जेन्टिनाका इन्जो फर्नान्डेजले युवा खेलाडीको अवार्ड प्राप्त गरे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत