शुक्रबार, चैत्र २७, २०८२

विश्वविजेता मेस्सीलाई नेयमारको बधाई


कान्तिपथ


फिफा विश्वकप फुटबलको उपाधि जित्न सफल भएकोमा ब्राजिलका चर्चित खेलाडी नेयमारले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत मेसीलाई बधाई दिएका हुन्।

मेसीले ट्रफी चुमेको तस्बिर राख्दै नेयमारले लेखेका छन, ‘बधाई छ ब्रदर मेस्सी।’ अर्जेन्टिनाले गएराति लुसेल स्टेडियममा भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै तेस्रोपटक उपाधि जितेको हो।

उपाधि दिलाउने क्रममा पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले गोल गरे।

फ्रान्सका लागि भने केलियन एम्बाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे। किन्सले कोम्यान र अरुलिन चुवामेनी भने पेनाल्टीमा गोल गर्न सकेनन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत