शुक्रबार, चैत्र २७, २०८२

अर्जेन्टिनामा आज सार्वजनिक बिदा


कान्तिपथ


अर्जेन्टिनाको राष्ट्रिय टोलीले विश्वकपको उपाधि जितेसँगै त्यसको खुसीयालीमा अर्जेन्टिनाको सरकारले मंगलबार सार्वजनिक बिदा घोषणा गरेको छ।

अर्जेन्टिनाको फुटबल संघका अनुसार अर्जेन्टिनाका मानिसहरुले मंगलबार ब्युनस आयर्सस्थित ओबेलिस्कमा विश्वकप जितेको खुसीयाली मनाउने कार्यक्रम छ।

अर्जेन्टिनाले आइतबार भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो।

३६ वर्षपछि उपाधि जितेको टोली मंगलबार बिहान अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ। अर्जेन्टिनाको टोलीका कप्तान लियोनेल मेस्सीले भनेका छन्, ‘म अर्जेन्टिना गएर मानिसहरुसँग खुसी साट्नका लागि व्यग्र प्रतीक्षामा छु।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत