केरलाको सडकमा अर्जेन्टिना र फ्रान्सको झण्डा पनि फहराइएको थियो । यसैबीच फुटबलप्रति एक जोडीको समर्पण पनि देखिएको छ । संयोगले सचिन आर. र आर. अथिराको विवाह आइतबार भएको थियो । उनीहरू दुवैले आफ्नो विवाहको लगभग सबै मुद्दाहरूमा सहमत भए तर फिफा फाइनलमा आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्ने कुरामा सम्झौता गर्न चाहेनन् ।
सचिन अर्जेन्टिनाका स्टार लियोनेल मेस्सीका कट्टर प्रशंसक हुन् भने अथिरा फ्रान्सेली फुटबल टोलीकी समर्थक हुन्। विश्वकप फुटबलको इतिहासमा यो शानदार खेल हुनुभन्दा केही घण्टाअघि यी जोडीले कोची शहरमा विवाह गरेका थिए ।
दुवै जोडीले विवाहको परम्परागत पोशाक र गहनासहित आफ्नो टिमको जर्सी लगाएका थिए । दुलही अथिराले फ्रान्सका केलियन एमबाप्पे जस्तै जर्सी लगाएकी थिइन् भने सचिनले अर्जेन्टिनाका मेस्सीको जर्सी लगाएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ