शुक्रबार, चैत्र २७, २०८२

आहा ! रारा पोखरा गोल्डकप खेल्ने १० टोलीको टुङ्गो


कान्तिपथ


काठमाडौँ । मोफसलको चर्चित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औँ संस्करणमा सहभागिता जनाउने १० टोलीको टुङ्गो लागेको छ ।

आयोजक सहारा क्लब पोखराले मङ्गलवार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता खेल्ने १० टोलीको तय भएको जनाएको छ ।

यस संस्करणमा साविक विजेता नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, सहारा क्लब पोखरा, नेपाल पुलिस फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, बीवाईएससी युएसए, सङ्कटा क्लब र धरान फुटबल क्लबले सहभागिता जनाउने छन् ।

पोखरा रङ्गशालामा आयोजना हुने २२ औँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता पुस १४ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ ।

यस्तै आयोजकले पुरस्कार राशिमा वृद्धि गरिएको जनाएको छ । यस पटकको विजेताले १२ लाख पाउने छ । यस पटक २ लाख वृद्धि गरिएको हो । यस्तै दोस्रो हुने टोलीको पुरस्कारमा १ लाख वृद्धि गर्दै ६ लाख दिइने आयोजकले जनाएको छ ।

यस प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैयाँ र कुल अनुमानित खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत