इलोन मस्कले ट्विटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
उक्त पदका लागि ” योग्य मूर्ख” व्यक्ति फेला परेपछि आफूले पदत्याग गर्ने भनेका छन ।
१९ दिसम्बर २०२२ मा मस्कले एक ट्विटर सर्वेक्षणमा प्रयोगकर्ताहरुसंग प्रश्न गरेका थिए की के उनी ट्विटरको प्रमुख पदबाट राजीनामा दिदा उचित होला? त्यस सर्वेक्षणमा सहभागी ५७.५ प्रतिशत प्रयोगकर्ताले उनलाई पद छाड्न भनेर मत दिएका थिए।
तीन दिनअघिको उक्त ट्विटर सर्वेक्षणमा १ करोड ७० लाख प्रयोगकर्ता सहभागी भएका थिए।
उनले उत्तराधिकारी भेटेपछि पनि आफूले सफ्टवेअर र सर्भरको टोलीलाई सञ्चालन गर्ने बताए।
उनले ट्विटर किनेपछि यस सामाजिक सञ्जालमा भएका परिवर्तनहरू निकै आलोचित बनेका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ