अर्जेन्टिनाले विश्वकप जितेपछि खुसी मनाउन लाखौं समर्थक रोडमा निस्किएका छन्। यही क्रममा केही समर्थक अराजक बन्दा १ जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। घाइते पाँच जना कोमामा पुगेको जनाइएको छ।
खेलाडी बोकेको बस समर्थककलाई अभिवादन गर्दै अघि बढ्ने क्रममा केही अराजक समर्थक पुलबाट बसमा हामफाल्दा उक्त दुर्घटना भएको जनाइएको छ। पुलबाट खसेर एक २४ वर्षका युवाको मृत्यु भएको जनाइएको छ।
आकाशेपुलबाट फुटबल टिम चढेको खुला बसमा फाल हाल्ने क्रममा घाइते भएका उनको अस्पताल पुर्याटउँदा मृत्यु भएको हो। अन्य ५ जना कोमामा पुगेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ