शुक्रबार, चैत्र २७, २०८२

म्यानचेस्टर युनाइटेड कारबाओ कपको क्वार्टरफाइनलमा


कान्तिपथ


म्यानचेस्टर युनाइटेड कारबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको अन्तिम १६ को खेलमा बर्नलीलाई २–० गोल अन्तरले पराजित गर्दै युनाइटेडले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

फिफा विश्वकपपछि युनाइटेडको पहिलो खेलमा टोलीलाई जित दिलाउने क्रममा खेलको २७ औं मिनेटमा क्रिस्टियन एरिक्सनले सुरुवाती गोल गरेका थिए।

पहिलो हाफमा १–० ले अगाडि रहेको युनाइटेडका लागि खेलको ५७ औं मिनेटमा मार्कस रासफोर्डले अर्को गोल थपे।

घरेलु मैदानमा हात पारेको यो जितसँगै युनाइटेड लयमा फर्किएको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत