शुक्रबार, चैत्र २७, २०८२

अमेरिकी संसदलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीको सम्बोधन


कान्तिपथ


युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। रूसले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक अमेरिका भ्रमणमा गएका जेलेन्स्कीले अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आफूले आत्मसमर्पण नगर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन्।

आफूले शान्तिका लागि अघि सारेको दश बूँदे प्रस्तावलाई राष्ट्रपति जो बाइडेनले स्वीकारेको भन्दै जेलेन्स्कीले प्रत्येक अमेरिकी सांसदले पनि त्यसलाई अनुमोदन गर्नुपर्ने बताए।

रूसलाई आतंककारीको संज्ञा दिँदै जेलेन्स्कीले आतंककारीलाई सबक सिकाउन अमेरिकी कंग्रेस एक ढिक्का हुनेमा आफू ढुक्क रहेको बताए।

रूसविरूद्ध लड्नका निम्ति युक्रेनलाई अमेरिकाले सबैभन्दा बढी सहयोग गर्दै आएको छ। अमेरिकाले युक्रेनलाई गत १६ डिसेम्बरसम्म १८ अर्ब ५० करोड डलर सहयोग गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत