शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • लिभरपुललाई ३–२ ले पारजित गर्दै म्यान्चेस्टर सिटी काराबाओ कप फुटबलको क्वाटर फाइनलमा प्रवेश

लिभरपुललाई ३–२ ले पारजित गर्दै म्यान्चेस्टर सिटी काराबाओ कप फुटबलको क्वाटर फाइनलमा प्रवेश


कान्तिपथ


काठमाडौं । लिभरपुललाई ३–२ ले पारजित गर्दै म्यान्चेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

आफ्नै मैदानमा बिहिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीका लागि अर्लिङ ब्रट हाल्याण्ड, रियाद माहारेज र नाथन आकेले १-१ गोल गरेका हुन् । लिभरपुलका मोहोमद सालाह र कारभालोले दुई गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यो जितसँगै म्यान्चेस्टर सिटीले साउथह्याम्पटन विरूद्धको क्वाटर फाइनल भिडन्त तय गरेको छ ।

काराबाओ कप फुटबलका अन्य क्वाटर फाइनलका खेलहरूमा म्यान्चेस्टर युनाइटेड र चार्लटन एथ्लेटिक, न्युकासल युनाइटेड र लेष्टर सिटी तथा नटिङ्घम फरेष्ट र वुल्भर ह्याम्पटन वान्डरर्स भिड्ने भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत