बुधबार, फाल्गुन ६, २०८२

मष्टामा ५ करोड लागतमा २ वटा पार्क निर्माण हुँदै


कान्तिपथ


बझाङ । बझाङको मष्टा गाउँपालिका–७ दयमा ५ करोडको लगानीमा दुई वटा पार्कको निर्माण कार्य सुरु गरिएको छ । मष्टा गाउँपालिकामा पहिलो पटक यति ठूलो लगानीमा पार्क निर्माण कार्य सुरु गरिएको हो ।

मालिका पर्यटन क्षेत्र विकास समितिले मष्टा–७ स्थित दयमा रहेको ७० रोपनी जग्गामा जयपृथ्वी स्मृति पार्क र कलश पार्क निर्माणको काम अगाडि बढाएको छ । पार्कमा अहिले १० वटा ढुङ्गाले बनेका गौमुखे (गाईको जस्तो मुख भएका) धारा, ऋषि पञ्च जस्ता ४ वटा धारा र १ सय ५ वटा कलशसहितको पार्क निर्माण गर्न लागेको हो ।

पर्यटन मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त ३ करोड ५० लाख र गाउँपालिकाबाट १ करोड ५० लाख गरी ५ करोड बजेटमा अहिले निर्माण कार्य सुरु गरिएको मालिका पर्यटन क्षेत्र विकास समिति सचिव ईश्वर दवालले जानकारी दिनुभयो ।

सचिव दवालका अनुसार दुई चरणमा सम्पन्न गरिने योजनासहितका पार्क क्षेत्रभित्र पोखरी फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पोर्ट, भलिबल, ब्याडमिन्टन मैदान, शौचालय र मेरो सम्झनाको घर सहितको पार्क निर्माण गरिने भएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत