बुधबार, चैत्र २५, २०८२

एउटै औँलाले हल्लाउन सकिने ठूलो ढुङ्गो


कान्तिपथ


दोलखा, पुस १३ गते । झट्ट हेर्दा पत्याउन गाह्रो छ । तर दोलखाको मेलुङ गाँपालिका–४ मा एक औँलाले मज्जाले हल्लाउन सकिने बडेमाको ढुङ्गो रहेको छ । गोठालाहरु यसमा चढेर मज्जाले हल्ली हल्ली खेल्ने गर्दछन् तर लड्दैन । यसले सबैजनालाई अचम्मित बनाएको छ । ठाउँको नामै हल्लिने ढुङ्गा रहन गएको छ ।  

यसलाई बूढापुराना गाउँले दैविक शक्ति मान्छन् भने अहिलेका प्राकृतिकको कमाल मान्दछन् । तलबाट पनि बडेमाको ढुङ्गो छ । त्यसमाथि यो अडिएको छ । तल्लो माटोको भागमा गाडिएको छ भने यो त्यसमाथि अडिएको मात्र देखिन्छ । तल्लोको चुचो माथिल्लोको करिब डेढ फुट खोपुवामा मिलेर बसेको छ । त्यसकारण यो मज्जाले हल्लिन्छ तर खोपुवा भएकाले यताउति हुँदैन । सन्तुलन रहेकाले आप्mनै घाटमा चलिरहन्छ । 

यो सरकारी जग्गामा छ । यसका नजिक कोइरालाबोट, गैरा टोल बस्ती छन् । गाउँको बुद्धचोकबाट १५/२० मिनेटमा पैदलबाट पुगिन्छ । गाउँपालिका प्रमुख हीरा थोकरले अचम्मको र मनोन्जनात्मक हल्लिाने ढुङ्गा प्रचार प्रसारको कमीले छायाँमा परेको बताउनुभयो । सिंहदरबारको अधिकार अब गाउँमा आएको छ । यसलाई सदुपयोग गर्दै यसलाई नेपाल मात्र होइन विश्व सामु पु–याउने गाउँपालिकाको सोच बनेको छ, उहाँले भन्नुभयो । 

 ‘‘प्रथमत: विकासको पूर्वाधार मानिने सडक सञ्जाल त्यहाँ पु–याएका छौँ । उहाँले भन्नुभयो, ‘‘संरक्षण कोष खडागरी यसको संरक्षण संवर्द्धन गर्दै आयआम्दानीको स्रोत पनि बनाउनेछौँ ।’’ मनमोहक सैलुङडाँडालाई पर्यटक मैत्री बनाएलगत्तै यसको पनि महत्व बढ्ने अपेक्षा राखिएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत