बुधबार, चैत्र २५, २०८२

धुँवा फाल्ने १३ वटा सवारी साधन कारबाहीमा


कान्तिपथ


काठमाडौं, पुस १२ गते। काठमाडौंको कलंकीमा मंगलबार गरिएको विशेष चेकजाँचमा अत्यधिक धुँवा फाल्ने १३ वटा सवारी साधनलाई कारबाहीमा परेका छन्। 

अत्यधिक धुँवा फाल्ने १० ओटा पिकअप भ्यान, भाडाको बस, माइक्रो र ट्रक एक–एक गरेर १३ ओटा सवारी साधन कारबाहीमा परेका हुन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार मंगलबार मात्र १३ वटा सवारी साधन कारबाहीमा परेका हुन्। 

उहाँका अनुसार वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले कलंकीमा ४० ओटा सवारी साधनलाई जाँच गर्दा १३ ओटा कारबाहीमा परेका हुन्। सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिनेछ। 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत