अर्जेन्टिनालाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गोलकिपर इमिलियानो मार्टिनेजले आफ्नो खुट्टामा विश्वकपको ट्रफीको ट्याटु खोपेका छन्।
फ्रान्सविरुद्धको फाइनल खेलको अन्तिम समयमा फ्रान्सका स्टाइकर रन्डल कोलो मुआनीले प्रहार गरेको बल उनले देब्रे खुट्टाले रोकेका थिए।
उक्त बल खुट्टाको जुन भागमा लागेर रोकिएको थियो, सोही ठाउँमा मार्टिनेजले विश्वकप ट्रफीको ट्याटु खोपेका हुन्। उक्त प्रहार रोकेसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ अर्जेन्टिनाले फ्रान्समाथि बाजी मार्यो।
अर्जेन्टिनामा विश्वकप जितेको खुसी मनाउने क्रममा मार्टिनेजले ट्याटु खोपेका हुन्। उनले खोपेको ट्याटुमा ट्रफीमाथि तीन स्टार पनि राखिएको छ, जसमा अर्जेन्टिनाले जितेको तन पटकको विश्वकपको मिति राखिएको छ।
विश्वकप जितेपछि फ्रान्सका स्टाइकर एमबाप्पेलाई गिज्याएको भन्दै मार्टिनेजको आलोचना भइरहेको छ। शरीरमा विश्वकपको ट्रफीको ट्याटु खोप्ने मार्टिनेज एक्लो खेलाडी भने होइनन्। फाइनल खेलमा गोल गरेका एन्जल डि मारियाले पनि यसअघि आफ्ना दाहिने खुट्टाको तिघ्रामा विश्वकप ट्रफीको ट्याटु खोपेको तस्बिर सार्वजनिक गरेका थिए।
कतारमा फिफा विश्वकप खेल्दा अर्जेन्टिनाका खेलाडी लियोनल मेसी बसेको कोठालाई मिनी म्युजियममा परिणत गरिने भएको छ।
लियोनेल मेसीले निरन्तर विश्वभरका फ्यानहरूलाई चकित पारिरहेको बताउँदै उनले फुटबल नछोएको अवस्थामा पनि उनीप्रति शुभेच्छा र सम्मान राखिराख्न उक्त कोठालाई संग्रहालय बनाउने बताइएको छ।
अर्जेन्टिनी राष्ट्रिय टिम बसेको उक्त कोठालालाई सर्वकालिक महान खेलाडीको नाममा संग्रहालय बनाउने विश्वविद्यालयले जनाएको छ।
युनिभर्सिटी अफ कतारले ट्वीटरमा भनेको छ, ‘फिफा विश्वकपमा लियोनल मेसी सुतेको कोठालाई संग्रहालयमा परिणत गरिनेछ।’ उसले शृंखलाबद्ध रुपमा उक्त कोठाका तस्बिरहरुसमेत सार्वजनिक गरिरहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ