शनिबार, अशोज १३, २०८०

१-१ करोड रूपैयाँ पुरस्कारका दुई रियालिटी-शो आउँदै


कान्तिपथ


विश्वभर छरिएर रहेका १६ वर्षमाथिका नेपाली भाषीहरूले सहभागिता जनाउन पाउने गरी इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले

नेपालमा दुइटा अन्तर्राष्ट्रिय रियालिटी-शो घोषणा गरिएको छ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गायन-शो ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्य-शो ‘मेरो डान्स युनिभर्स’ को घोषणा गरिएको हो।

‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउने छन्। फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउने छन्।

यस्तै ‘मेरो डान्स युनिभर्स’ का विजेताले पनि १ करोड रूपैयाँ पुरस्कार पाउने छन्। यो शोको फर्स्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख पुरस्कार पाउने छन्।

यो प्रतिषयोगितामा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले इन्ट्रा फाउन्डेसनको एप डाउनलोड गरेर फर्म भर्न सक्ने छन्। मंगलबारदेखि नै फारम भर्न सक्ने आयोजकले जानकारी दिए।

जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ। अध्यक्ष अधिकारीका अनुसार नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलबाट अडिसन हुनेछ। यस्तै म्यानमार, थाइन्ण्डड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायत अन्य युरोपियन देशमा प्रतिस्पर्धीको संख्याका आधारमा अडिसन गरिनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत