बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • यातायात
  • जामले हैरान जडिबुटीमा ६०० गाडीको बसपार्क : सटरको पैसामा मिलिभगतको आशंका !

जामले हैरान जडिबुटीमा ६०० गाडीको बसपार्क : सटरको पैसामा मिलिभगतको आशंका !


कान्तिपथ


कोटेश्वर–जडिबुटीमा अत्यधिक जामको समस्या समाधान गर्नका लागि सरकारले सडक विस्तारको कामलाई जोड दिएको बेला फेरि उही प्रकृतिको जामको सामना गर्नु पर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँलाई हरियाली बनाउने भन्दै काठमाडौँ महानगरपालिका वडा नं ३२ को पुष्पान्जली हल पछाडीको ग्यारेज हटाएका थिए । ग्यारेज हटेको केहि समय मै उक्त स्थानमा स्वार्थ समूह अरनिको बसपार्क बनाउने भन्दै कम्मर कसेर लागेको छ ।

बालेनको योजना असफल पार्न लागि पर्नेमा उनकै कार्यपालिका सदस्य तथा वडा नं ३२ का अध्यक्ष नवराज पराजुली लगायत छन् । कार्यपालिकाको पहिलो बैठकदेखि नै पराजुली स्वतन्त्र मेयर बालेनसंग जंगिदै आएका छन्। स्रोतका अनुसार बन्ने भनेको बसपार्कको अगाडी १५/१६ वटा सटर बनाएर ब्यापार गर्न तम्तयार भएर बसेका श्याम लामा पनि बसपार्क कै पक्षमा छन् । उक्त स्रोतका अनुसार उनले प्रतिसटर मोटै रकम असुली गरिसकेका छन् । श्याम लामा अरनिकोको पुर्व अध्यक्ष हुँदा उनको स्वार्थ बाझिने देखिन्छ ।

लामा मनोहरा सृजनशील टोल सुधार समितिको अल्पमतमा परेका अध्यक्ष हुन् । उनको समितिका सचिव गणेश बस्नेतले राजिनामा दिईसके भने अधिकांश सदस्य बसपार्क बनाउन दिने निर्णयप्रति रुष्ट छन् । ६०० भन्दा बढी गाडी भएको अरनिकोको बसपार्क जडिबुटीको ७/८ रोपनी क्षेत्रफलमा बन्दा जामको समस्या झन् विकारल हुने भन्दै स्थानीयले विरोध जनाएका छन् । उक्त जग्गाको बीचमा राजकुलो पनि पर्ने भएको हुँदा समस्या उत्पन्न हुने देखिन्छ ।

बसपार्क बन्ने अधिकांश क्षेत्र पुष्पान्जली हलका संचालकको स्वामित्वमा छ । पहिले नन्दु दुलालले त्यहीं ग्यारेज संचालन गरेका थिए । काठमाडौँ ३२ को समग्र विकास गर्छु भन्दै वडा अध्यक्षमा निर्वाचित पराजुलीले बचन निभाउछन या वडाबासीलाई जाम थोपार्छन त्यो भने हेर्न बाँकी छ । दुलाल उक्त टोल सुधार समितिका पुर्व अध्यक्ष हुन्, उनी अध्यक्ष हुँदा अहिलेका अध्यक्ष लामाको मुद्धा सम्बोधन नभएपछि अहिले रिसिभी साधेको हुन सक्ने एक स्थानीयले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत