बुधबार, चैत्र २५, २०८२

हिमालय एअरलाइन्सको एअरबस पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण


कान्तिपथ


काठमाडौं । हिमालय एअरलाइन्सको एयरबस ए३२० (एन–एएलभी आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा सफलतापूर्वक अवतरण गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हिमालयन एअरलाइन्सको एअरबसले प्रदर्शनी उडान गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्सले आज दिउँसो १ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) काठमाडौँबाट उडान भरेर १ बजेर ४४ मिनेट हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

हिमालय एअरलाइन्स्को यो एअरबस पोखरामा अवतरण गर्ने पहिलो एअरबससमेत बनेको छ । यो विमान ९एन–एएलभीलाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो । त्यसपछि विमान आजै ३ बजेर ४४ मिनेटमा पोखराबाट उडान भरेर चार बजेर १७ मिनेटमा काठमाडौँमा अवतरण गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत