मङ्लबार, अशोज ९, २०८०
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • विपिन कार्कीले छाडे बलिउड फिल्म ‘एनिमल’, निर्देशक सन्दीप रेड्डीसँग भयो यस्तो कुराकानी

विपिन कार्कीले छाडे बलिउड फिल्म ‘एनिमल’, निर्देशक सन्दीप रेड्डीसँग भयो यस्तो कुराकानी


कान्तिपथ


काठमाडौं । अन्ततः अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’मा काम नर्गने भउका छन् । लामो समय देखी उनले फिल्ममा काम गर्ने चर्चा चले पनि अब आएर उनले काम नर्गने बताएका हुन् । फिल्मकै लागी धेरै पटक मुम्बइ आउजाउ गरेका उनले अन्तमा आएर सेड्युल जुधेको कारण फिल्ममा काम गर्न असमर्थ भएको बताएका हुन् ।

अहिले कास्कीमा छायांकन भइरहेको ‘प्रसाद २’को कारण मुम्बई जान नसक्ने जानकारी निर्देशक सन्दीप रेड्डी भांगालाई गराएको विपिनले बताए । सुटिङ भइरहेको प्रसाद २ सक्न अझै १४ दिन जति लाग्ने भएकाले उनले फिल्ममका काम गर्न नसकको बताए ।

एनिमललाई सन् २०१९ मा रिलिज भएको कबीर सिंह फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गरिरहेका छन् । रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना र बबी देओल फिल्ममा छन् । विपिनले देओलका भाइको भूमिकामा अभिनय गर्ने बताइएको थियो । रेड्डीकै अर्को फिल्ममा भविष्यमा काम गर्न सकिने कुरा भएको उनले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत