बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • टुरमा गयका सन्दीप क्षेत्री देखेपछि युबतीहरुमा देखियाे यस्तो अचम्मको क्रेज !

टुरमा गयका सन्दीप क्षेत्री देखेपछि युबतीहरुमा देखियाे यस्तो अचम्मको क्रेज !


कान्तिपथ


रमेश एमके पौडेल निर्माण तथा निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’ को टिमले मोफसल टुर सम्पन्न गरेको छ। पोखराबाट सुरु भएको नेपाल टुर दमकमा गरेर सम्पन्न भएको हो। पोखरामा प्रेस भेटघाट र फिल्म प्रचार गरेपछि टिम चितवन झरेको थियो। चितवनका विभिन्न क्याम्पस, हल र मलमा दर्शकसँग साक्षात्कार गरेको टिमले त्यहाँ फिल्मको शीर्ष गीत पनि सार्वजनिक गरेको थियो।

चितवन भ्रमणपछि कलाकार पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्दीप क्षेत्री र निर्देशक रमेश एमके पौडेलसहितको टिम हेटौंडा पुगेको थियो। हेटौंडापछि सर्लाहीको लालबन्दी पुगेका उनीहरूले त्यहाँ कन्सर्ट गरेका थिए। कन्सर्टमा साम्राज्ञी, पुष्प र सन्दीपले प्रस्तुति दिएका थिए। दर्शक संख्या बढी हुँदा प्रहरीलाई भिड व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो।

लालबन्दीमा साम्राज्ञी, पुष्प र सन्दीपको राम्रो क्रेज देखियो। लालबन्दीको सफल भ्रमणपछि ‘तिम्रो मेरो साथ’ टिम इटहरी र दमकमा पुगेको थियो। निर्माण टिम शनिबार काठमाडौं फर्किएका हुन्। अब काठमाडौंमा फिल्मको प्रमोशन गर्ने निर्माण टिमको योजना छ।

‘मोफसलको सफल भ्रमण सकाएर काठमाडौं आइपुगेका छौं। उपत्यका बाहिरका दर्शकसँग आत्मियता साट्न पायौं। उहाँहरू फिल्मलाई लिएर उत्साहित हुनुहुन्छ। आशा छ दर्शकले हलमा पनि साथ दिनुहुन्छ होला,’ निर्देशक पौडेलले भने।

फिल्ममा पुष्प, साम्राज्ञी र सन्दीपसँगै खड्क बहादुर पुन (खबपु), सरोज खनाल, दिपिशा केसीलगायतको अभिनय छ। फिल्मको कथा शबिर श्रेष्ठ र बाबुराम निरौलाले तयार पारेका हुन्। आर्यन फिल्मस् तथा बोधी एचडी ब्यानरमा निर्माण भएको फिल्मको निर्माता पासाङ लामा, आर्यन पौडेल र अर्नव पौडेल हुन्।

शिव ढकालको छायांकन गरेको फिल्मलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्। यो फिल्म पुस २९ गतेदेखि प्रदर्शन हुँदैछ। पौडेल यसै फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन्। उनले ‘रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्ती’लगायत फिल्म निर्माण गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत