शुक्रबार, चैत्र २७, २०८२

श्रीलंकामाथि भारतको २ रनको जित


कान्तिपथ


पहिलो टी–२० खेलमा भारतले श्रीलङ्कामाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ । वांखडे स्टेडियममा भएको खेलमा १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का १ सय ६० रनमा सीमित हुन पुगेको हो ।

शिवम माभीले ४ विकेट लिएपछि श्रीलङ्का जीतको नजिक पुगेर पनि पराजित हुन पुग्यो । श्रीलङ्काका लागि दासुन सानाकाले सर्वाधिक ४५ रन बनाए भने कुशल मेन्डिसले २८ तथा चामिका करुनारत्नेले २३ रनको योगदान दिए । भारतका लागि उमरान मलिक र हर्षल पटेलले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । भारतका लागि दीपक हुडाले सर्वाधिक ४१ रन बनाए । अक्षर पटेलले ३१ तथा ओपनर ईशान किशनले ३७ रन बनाए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत