शुक्रबार, चैत्र २७, २०८२

माओवादी उपमहासचिव पुन अस्पतालबाट डिस्चार्ज


कान्तिपथ


नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य अवस्था कमजोर भएपछि आकस्मिक रुपमा रोल्पाबाट काठमाडौं ल्याएर उनलाई ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचाररत पुन एक हप्ता अस्पताल बसाइपछि डिस्चार्ज भएका हुन्।

उनका निजी चिकित्सक डा. युवराज शर्माका अनुसार स्वास्थ्यमा केही सुधार आएसँगै आज डिस्चार्ज गरिएको हो। यद्यपि उनलाई चिकित्सककै निगरानी राखेर खानपिन लगायत सम्पूर्ण कुराको ख्याल गरिने उनले बताए।

वंशाणुगत जन्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए।

उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत